पोखरा १ को व्यायाम अभियान: ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’
कम्तिमा ६ महिनासम्म चल्नेछ सामूहिक व्यायाम
पाेखरा | पुस १९, २०८०
पोखरा: पोखरा महानगरपालिका– वडा १ को खेलकुद विकास समितिले यही (२१ गते) शनिबारदेखि व्यायाम अभियान सुरु गर्ने भएको छ ।
वडाका सम्पूर्ण नागरिकहरुलाई स्वस्थ्य राख्न, शारीरिक व्यायाममा जागरुक बनाउने उद्देश्यसहित ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’ भन्ने नारासहित पोखरा–१ मा सामूहिक व्यायाम सुरु गरिने खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रिय माविको प्राङ्गणमा सञ्चालन हुने छ ।
‘विश्वव्यापी विकवित प्रविधि, सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तनले मानिसहरुको दैनिकीलाई व्यस्त बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यमा दिनानुदिन थपिदै गएको चुनौतीहरुलाई मध्यनजर गर्दै पोखरा–१ मा साप्ताहिक रुपमा शारीरिक व्यायाम सञ्चालन गर्दैछौं ।’
उनले वडावासीलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउने बताउदै हरेक शनिबार बिहान २ घण्टा शारीरिक व्यायाम कार्यक्रम सञ्चालन गर्न लागेको दोहोर्याए ।
उनका अनुसार उक्त २ घण्टाको समयावधिमा जुम्बा, योगा र ध्यान हुनेछ ।
‘हामीहरुले पोखरा–१ का नागरिकहरुलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउन पनि प्रत्येक शनिबार शारीरिक व्यायाममा जोड्न लागेका हौं’, उनले भने, ‘हामीले शनिबार करिब २ घण्टा जुम्बा विज्ञ र योगा प्रशिक्षकबाट व्यायाम गराउने छौं ।’
अध्यक्ष गुरुङका अनुसार जुम्बाका लागि प्रशिक्षक तमन्ना गुरुङ र योगातर्फ भगवती सुवेदीले नेतृत्व गर्नेछिन् ।
पोखरा–१ को खेलकुद विकास समितिले आयोजना गर्ने सो कार्यक्रममा वडाको बजेट नभई विभिन्न व्यवसायीहरुको सहयोगमा खर्च जुटाइएको वडाध्यक्ष साहारा प्रधानले बताए ।
उनले वडाका नागरिकहरुलाई स्वस्थ्य बनाउनका लागि अभियान नै सञ्चालन गरेको जानकारी दिए ।
कम्तिमा ६ महिनामा २४ दिन चल्ने सो कार्यक्रममा करिब ३ सय देखि ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

